सहकारी ठगीमा दोषी देखिएकामाथि कारवाही सुरु भइसक्यो : सञ्चार मन्त्री गुरुङ


३० असोज,काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको दाबी गरेका छन्।
बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन्।

उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिवद्धता जनाए। त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भूक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गरे।
जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनको भनाइ छ। उनले सरकारको स्थिरताका लागि ठूला दुई दल मिल्नुपरेको जिकिर गरे।
उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दावी गरे। यसअघिको सरकारले निर्माण व्यवसायीको भूक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश भुक्तानी गर्दै जाने उनले बताए।
This sounds like a busy time for the government! It’s great to see them taking action on the issues highlighted. I wonder how the public will respond to these efforts. Any similar initiatives in your area?
This article is really interesting! It’s great to see the minister taking action based on the committee’s report. I wonder how quickly the government will actually address the issues. Have there been similar situations in the past where promises took ages to turn into real change?
Sounds like the government’s getting some pressure to act on the doshi. How do you think this will play out? Will it really bring justice to the cooperatives?